लाभांश प्रस्ताव पारित गर्न नाडेप लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले यही असोज २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

 

लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को मुनाबाट प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश पारित गर्न साधारण सभा डाकेको हो । लघुवित्तको सो सभा रानीबन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।

 

सो साधरण सभाबाट चुक्ता पूँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने लघुवित्तले जनाएको छ । हाल ३६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी चुक्ता पूँजी ४० करोड कायम गर्ने भएको हो । साथै कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।

 

यस्तै, साधरण सभामा सेयर संरचना परिवर्तन गरी ५१:४९ कायम गर्ने, मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव लैजाने भएको छ ।

 

साधारण सभा प्रयोजनका लागि लघुवित्तले असोज १४ गते एक दिनका लागि बुकक्लोज मिति तोकेको छ । तसर्थ, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउन योग्य र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

गुराँस लाइफको ५ लाख ९० हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर Read Previous

गुराँस लाइफको ५ लाख ९० हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर

उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगोमा विश्व बजारमा पुग्दै नेपाली चिया, १२ कम्पनीले लोगो पाउने Read Next

उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगोमा विश्व बजारमा पुग्दै नेपाली चिया, १२ कम्पनीले लोगो पाउने