राष्ट्र बैंकले तोक्यो आरटीजीएस कारोबारको लागि निश्चित समय

काठमाडौं। नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि निश्चित समय तोकेको छ ।

 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा निर्धारण गरेको जनाएको छ ।

 

समय तालिका अनुसार कार्यालय समयको विहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहक सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने छ ।

 

शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म तोकिएको राष्ट्र बैंकले बताएको छ ।

 

यसअघि भदौ २५ गते बैंकले अर्को सूचना जारी नभएसम्मका लागि भनेर साताका सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउँसो २ बजेसम्म कायम गरेको जानकारी दिएको थियो ।

 

त्यस्तै, आइतबारदेखि बिहीबारसम्म भने आरटीजीएसबाट हुने कारोबार नियमित समय अर्थात् १०ः३० बजेदेखि ३ बजेसम्म हुनेछ ।

काठमाडौंमा ७६७ सहित थप १३२५ जनामा कोरोना पुष्टि, ९६६ डिस्चार्ज, १० जनाको मृत्यु Read Previous

काठमाडौंमा ७६७ सहित थप १३२५ जनामा कोरोना पुष्टि, ९६६ डिस्चार्ज, १० जनाको मृत्यु

'मेरो सेयर'लाई थप सुरक्षित बनाउँदै सीडीएससी, अब ओटीपीको सट्टा पिन कोड Read Next

'मेरो सेयर'लाई थप सुरक्षित बनाउँदै सीडीएससी, अब ओटीपीको सट्टा पिन कोड