काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५८४ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ७६७ सहित देशका विभिन्न जिल्लाका १३२५ जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ९६६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।