‘मेरो सेयर’लाई थप सुरक्षित बनाउँदै सीडीएससी, अब ओटीपीको सट्टा पिन कोड

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयरलाई थप सुरक्षित बनाउन पीन कोडको व्यवस्था गर्ने भएको छ ।

 

सीडीएससीले मेरो सेयर सफ्टवेयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा हाल प्रयोग गर्नुपर्ने ओटीपी (वान टाइम पासवर्ड)लाई प्रतिस्थापन गरी पीनको व्यवस्था गरेको हो ।

 

सीडीएससीका अनुसार अब आइपीओ भर्दा ओटीपीको सट्टा ४ अंकको पिनकोड प्रयोग गर्नुपर्नेछ । ४ अंकको पिन सेट गर्नका लागि मेरो सेयर प्रयोग कर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवर्या पिन कोड सेट गर्नुपर्ने व्यवस्था गरिएको सीडीएससीले जनाएको छ ।

राष्ट्र बैंकले तोक्यो आरटीजीएस कारोबारको लागि निश्चित समय Read Previous

राष्ट्र बैंकले तोक्यो आरटीजीएस कारोबारको लागि निश्चित समय

नेपालका बैंकमार्फत ३५ अर्ब शंकास्पद धन ओसारपसार, यी ९ बैंक र १० कम्पनीको संलग्नता Read Next

नेपालका बैंकमार्फत ३५ अर्ब शंकास्पद धन ओसारपसार, यी ९ बैंक र १० कम्पनीको संलग्नता