माछापुच्छ्रे बन्यो गत आवको नाफाबाट लाभांश घोषण गर्ने पहिलो बैंक, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधरणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

 

दशैंमा चिनीको अभाव नहुने, साल्ट्र ट्रेडिङले २० हजार टन आयात गर्दै Read Previous

दशैंमा चिनीको अभाव नहुने, साल्ट्र ट्रेडिङले २० हजार टन आयात गर्दै

जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ गतेदेखि खुल्ने Read Next

जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ गतेदेखि खुल्ने