जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ गतेदेखि खुल्ने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काश गर्न लागेको हो ।

 

निष्काशन हुने ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता (४ प्रतिशत) संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

इन्स्योरेन्सको आइपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन गर्न सक्नेछन ।

 

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था औसत रहेको जनाउँदछ ।

 

हाल ७० करोड कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ करोड ६ लाख नाफा कमाएको थियो ।

माछापुच्छ्रे बन्यो गत आवको नाफाबाट लाभांश घोषण गर्ने पहिलो बैंक, बोनस र नगद कति ? Read Previous

माछापुच्छ्रे बन्यो गत आवको नाफाबाट लाभांश घोषण गर्ने पहिलो बैंक, बोनस र नगद कति ?

किंग्स् कलेज र मिट भेन्चर्स्  सिंगापुरबीच सहकार्य सम्झौता Read Next

किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सहकार्य सम्झौता