किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सहकार्य सम्झौता

काठमाडौं । व्यापार तथा व्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्स्बीच सहकार्य सम्बन्ध स्थापना भएको छ ।

 

उद्यमशीलताको क्षेत्रमा बृहत अनुभव एव स्रोतयुक्त यी दुई संस्थाहरूले उद्यमशीलता एवं नवप्रवर्तनको अवधारणालाई राष्ट्रियमात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रबद्र्धन गर्ने उदेश्य सहित यस सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको हो ।

 

‘मिट भेन्चर्स्सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं। यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरूलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरूसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ कलेजका प्रधानाद्यापक नरोत्तम अर्याल भन्छन् ।

 

सम्झौता अनुसार किंग्स् कलेजले मिट मेन्चर्स्लाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ । यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरूलाई मिट मेन्चर्स्सँग साझा गर्नेछ ।

 

यसैगरी, आज भएको सहकार्य सम्झौताअनुसार मिट मेन्चर्स्ले नेपाली तथा दक्षिण एशियाली स्टार्टअपहरूका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ । यसका साथसाथै नेपाली विद्यार्थीहरूले मिट मेन्चर्स् तथा उसका सहायक कम्पनीहरूबाट उद्यमशीलताका परियोजनाहरूमाथि मेन्टरसीप हासिल गर्नका साथसाथै उनीहरूलाई सिंगापुर तथा दक्षिणपूर्वी एशियामा आयोजना हुने उद्यमशीलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरूमा सहभागी हुन समेत अवसर प्राप्त गर्नेछन् ।

 

‘नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,’ मिट भेन्चर्स्का तर्फबाट फराह फिराडसले जानकारी दिँदै भनिन्, ‘उद्यमशीलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आ-आफ्नै विशेष क्षमता हुन्छन् । आजको २१औं शताव्दीमा यस सुन्दर राष्ट्रबाट भोलीका दिनमा के–कस्ता उद्यमीहरू जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छौं ।’

 

एशिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स् कर्पोरेट स्टार्टअफ इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रबद्र्धन र स्टार्टअपलाई सफलरुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उदेश्य रहेको छ ।

जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ गतेदेखि खुल्ने Read Previous

जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ गतेदेखि खुल्ने

नेपालमा पहिलो पटक लामो दूरीमा विद्युतीय मिनी बस सञ्चालन Read Next

नेपालमा पहिलो पटक लामो दूरीमा विद्युतीय मिनी बस सञ्चालन