दशैंमा चिनीको अभाव नहुने, साल्ट्र ट्रेडिङले २० हजार टन आयात गर्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोेरेशनले कम्पनीले दशैँ अघि चिनी ल्याउने भएको छ । बजारमा चाडवाडको बेला चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङले चिनी आयाता प्रक्रिया अघि बढाएको हो ।

 

साल्ट ट्रेडिङले २० हजार टन चिनी आयातका लागि रेनुका सुगर मिललाई ठेक्का दिएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले दशैँ अघि नै चिनी आइपुग्ने दाबी गरेका छन् । ‘हामीले ठेक्का प्रदान गरिसकेका छौँ, दशैँ अघि चिनी आउछ ढुक्क भए हुन्छ,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ।

 

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति पाएपछि १५ दिने समयसीमा टेन्डर आह्वान गरेको र ४ प्रस्ताव आएका थिए बताए । सो प्रस्ताव आएकाहरुको उच्च मूल्य प्रस्ताव रहेको र प्रस्ताव गरेका मध्ये कसैले जमानत जम्मा नगरेकोले उनीहरुको प्रस्ताव खारेज गरिएको थियो ।

 

सरकारले ५० प्रतिशत भन्सार छुटमा विदेशबाट ३० हजार मेट्रिक टन चिनी आयातको लागि दुई कम्पनीलाई अनुमति दिएको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयात गर्ने छन् ।

 

त्यसपछि साल्ट ट्रेडिङले फेरि रिटेन्डर आह्वान गरेको थियो । साल्ट ट्रेडिङले भदौ ७ गते फेरि रिटेन्डर गरेको र त्यसैबाट रेनुका सुगर मिलले ठेक्का पाएको राजभण्डारीले बताए ।हाल बजारमा चिनीको मूल्य बढ्दै गएको छ । साल्ट ट्रेडिङसँग ५०० मेट्रिकटन चिनी मौजदात रहेको उनले बताए ।

 

सरकारले ५० प्रतिशत भन्सार छुटमा विदेशबाट ३० हजार मेट्रिक टन चिनी आयातको लागि दुई कम्पनीलाई अनुमति दिएको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयात गर्ने छन् ।

 

सामान्यतया चाडपर्वमा चिनीको अभाव र मूल्य वृद्धि सधैजसो हुने गरेको छ । तर, यो वर्ष कोभिडका कारणले समेत धेरै समस्या उत्पन्न हुन सक्ने देखिन्छ । यसले गर्दा चिनी समयमा आइपुग्ने कुरामा अझै संकोच रहेको छ । विगतका वर्षहरुमा हेर्ने हो भने कात्तिक अघि चिनी आयात भएको अवस्था छैन ।

 

यस्तै खाद्य व्यवस्थापन कम्पनीले कात्तिकको मध्यतिर मात्र चिनी ल्याउन सक्ने कुरा स्वीकार गरेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले चिनी आयात गर्ने टेन्डर प्रक्रिया शुरु गरिसकेको जनाएको छ ।

 

खाद्य व्यवस्थापन कम्पनीले चिनी आयात गर्न ४५ दिने टेन्डर आह्वान गरिसकेको छ । खाद्य व्यवस्थापन कम्पनीले भदौ ७ गते टेन्डर आह्वान गरेको हो ।खाद्य व्यवस्थापन कम्पनीका प्रमुख कार्यकारी अधिकारी नेत्रप्रशाद सुवेदीले टेन्डर प्रक्रिया धेरै लामो भएकाले कात्तिक अघि चिनी आयात गर्न सम्भव नभएको बताएका छन् ।

 

उनी टेन्डर प्रक्रिया शुरु भइसके पनि सरकारको नीति अनुसार टेन्डर प्रक्रिया धेरै लामो भएको बताएका हुन् । कम्पनी छनोटका आधारमा चिनी आयात निर्धारण गर्ने भएका केही समय पर्खिनु पर्ने उनले बताए ।

 

‘हामीले पहिले नै भनिसकेका थियौँ चिनी दशैँमा आउँदैन भनेर तर, तिहारमा चिनीको माग सामान्य रुपमा बढ्न थाल्छ र त्यसबेलासम्म चिनी आइसक्नेछ,’ प्रमुख कार्यकारी अधिकारी नेत्रप्रशाद सुवेदीले भने ।

 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले ल्याउने १० हजार मेट्रिक टन चिनी तिहारसम्मा आइपुग्ने जनाइएको छ । नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसरी दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ ।

 

चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् । नेपालमा चाडवाडको समयमा चिनीको खपत बढ्ने गरेको छ । खपत बढेसँगै व्यवसायीहरुले चिनीको मूल्य बढाउने गरेका छन् ।

उपत्यकामा घर जग्गाको मूल्य घटेको संकेत Read Previous

उपत्यकामा घर जग्गाको मूल्य घटेको संकेत

माछापुच्छ्रे बन्यो गत आवको नाफाबाट लाभांश घोषण गर्ने पहिलो बैंक, बोनस र नगद कति ? Read Next

माछापुच्छ्रे बन्यो गत आवको नाफाबाट लाभांश घोषण गर्ने पहिलो बैंक, बोनस र नगद कति ?