न्यून गुणस्तरको डण्डी उत्पादन गर्ने जगदम्बा स्टिल उद्योगलाई कारबाही, उत्पादन र विक्रीमा प्रतिबन्ध

काठमाडौं । बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र विक्रीमा रोक लगाएको छ ।

 

विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।

 

बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ ।

 

उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र विक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

 

न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए। विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए ।

 

गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ विक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिए ।

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ३३ करोडले घट्यो Read Previous

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ३३ करोडले घट्यो

अहिलेसम्मकै धेरै १४५९ जनामा कोरोना पुष्टि, १०६२ डिस्चार्ज, ११ जनाको मृत्यु Read Next

अहिलेसम्मकै धेरै १४५९ जनामा कोरोना पुष्टि, १०६२ डिस्चार्ज, ११ जनाको मृत्यु