काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । यतिधेरै जनामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ७३१ सहित देशका विभिन्न जिल्लाका १४५९ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १०६२ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ४० हजार ६३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।