सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ३३ करोडले घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । साताका दुई दिनमा करिब २० अंकले बढेको बजार आज करिब साढे ४ अंकले घटेको छ ।

 

सूचकमा सामान्य गिरावट आएपनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४.४७ अंकले घटेर १५३६.०३ बिन्दुमा आइपुगेको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ८० करोड १ लाख ९७ हजार ९०२ रुपैयाँ बराबरको कारोबार भएको छ । ५७ लाख २३ हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक ओरालो लागेका छन् भने ३ समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७.३३ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १४.५५अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

 

पछिल्लो डेढ डेढ महिनादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

घट्दो बजारमा पनि आज ५ कम्पनीको कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, दिव्यश्वरी, घलेम्दी र खानीखोला हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज माउन्टेन हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै करिब ४.८३ प्रतिशत गुमाएका छन् ।

मुद्दतिमा पैसा राख्न बैंक खोज्दै पुनर्बीमा कम्पनी Read Previous

मुद्दतिमा पैसा राख्न बैंक खोज्दै पुनर्बीमा कम्पनी

न्यून गुणस्तरको डण्डी उत्पादन गर्ने जगदम्बा स्टिल उद्योगलाई कारबाही, उत्पादन र विक्रीमा प्रतिबन्ध Read Next

न्यून गुणस्तरको डण्डी उत्पादन गर्ने जगदम्बा स्टिल उद्योगलाई कारबाही, उत्पादन र विक्रीमा प्रतिबन्ध