मुद्दतिमा पैसा राख्न बैंक खोज्दै पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा पैसा राख्न बैंकहरूबाट प्रस्ताव आह्वान गरेको छ ।

 

कम्पनीले वाणिज्य बैंकमा रकम लगानी गर्नका लागि इच्छुक बैंकहरूबाट प्रस्ताव माग गरेको छ । कम्पनीले १ वर्ष र २ वर्ष अवधिका लागि रकम लगानी गर्नको लागि बैंकहरूबाट प्रस्ताव आह्वान गरेको हो ।

 

कम्पनीले आफूले लिन चाहेको रकम, ब्याजदर, ब्याज भुक्तानी अवधि उल्लेख गरेर असोज ५ गतेसम्म प्रस्ताव पेश गर्न बैंकहरूलाई आह्वान गरेको हो । कम्पनीले कति रकम बैंकको मुद्दतिमा राख्न चाहेको त्यो भने खुलाएको छैन ।

 

हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनी बजार पूँजीकरणका आधारमा नेप्सेमा सूचीकृत दोस्रो ठूलो कम्पनी हो ।

नेपालमै पहिलोपटक 'रक एण्ड टनेल' इन्जिनीयरिङ विषयको पढाइ शुरु Read Previous

नेपालमै पहिलोपटक 'रक एण्ड टनेल' इन्जिनीयरिङ विषयको पढाइ शुरु

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ३३ करोडले घट्यो Read Next

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ३३ करोडले घट्यो