काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने भएको छ।
बैंक अफ काठमाण्डू र सीजी डिजिटल प्रालीबीच भएको व्यापारीक सम्झौताअन्तर्गत सो बैंकको ग्राहकले घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा किन्नसक्ने भएका हुन्।
यो योजनामा बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले सीजी, एलजी, गोद्रेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सक्छन्।
जसअन्तर्गत टीभी, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसिन, लुगा धुने मेसीन, एसी, माइक्रोवोभ, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरिफियर सिस्टम, चिम्नी र किचेन लगायत सामाग्री पर्छन्।
बैंकको ग्राहकलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट पाइने बताइएको छ।