दशैं अघिनै जनकपुर-जयनगर रेल चलाउन रेल्वे कम्पनीले माग्यो १२९ कर्मचारी

काठमाडौं ।दशैं अघि नै जनकपुर-जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले उक्त रुटमा रेल चलाउनका लागि २९ वटा पद पदमा १२९ जना कर्मचारी माग गरेको हो।

 

कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारी परिपूर्तिका लागि आवेदन माग गरेको हो ।कम्पनीले प्रशासन, सव–इन्जिनियरिङ, सहायक स्टेशन म्यानेजर ,लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टीटीई, हेल्पर, पोइन्टस म्यान र पुस ट्रली चालक लगायत पदमा कर्मचारी माग गरेको हो ।

 

यी पदमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन्। इच्छुक आवेदकले १५ दिनभित्र अर्थात् असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट  https://nepalrailway.org/ मार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ।

 

करार अवधि कम्तीमा ६ महिनाको हुनेछ। नेपाल सरकारको नियम अनुसार पारिश्रमिक तोकिने पनि कम्पनीले जनाएको छ।

 

कम्पनीले अधिकृतका लागि १००० रुपैयाँ, सहायक स्तरका लागि ४०० रुपैयाँ र श्रेणी विहीन स्तरका लागि ३०० रुपैयाँ आवेदन शुल्क तोकेको छ ।

 

दशैं अघि नै जनकपुर-जयनगर रेल सञ्चालन गर्ने गरी तयारी गरिएको कम्पनीले जनाएको छ । उक्त रुटमा चल्ने रेल भारतमै बनेर नेपालको सीमासम्म ल्याइसकिएको छ । कर्मचारी भर्तिलगत्तै रेल सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेप्सको टीएसएमले हैरान बनाएपछि ब्रोकरहरू आफ्नै टीएमएस ल्याउँदै Read Previous

नेप्सको टीएसएमले हैरान बनाएपछि ब्रोकरहरू आफ्नै टीएमएस ल्याउँदै

बैंक अफ काठमाण्डूका ग्राहकले शून्य प्रतिशत ब्याजमा इलेक्ट्रोनिक सामान किन्न पाउने Read Next

बैंक अफ काठमाण्डूका ग्राहकले शून्य प्रतिशत ब्याजमा इलेक्ट्रोनिक सामान किन्न पाउने