काठमाडौं । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै संस्थाले मर्जर पछि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था’को नाममा एकीकृत कारोबार गर्न लागेका हुन् ।
यी दुई लघुवित्तलाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो।दुवै कम्पनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् ।
मर्जपछि बनेको सारथी नेपाल लघुवित्तको चुक्ता पूँजी २३ करोड ५८ लाख पुगेको छ । मर्जर अघि सारथीको चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार र नयाँ नेपालको १० करोड ८ लाख रुपैयाँ थियो।