एनआइसी एशियाले ल्यायो ७.७५ प्रतिशतमै सेयर कर्जा योजना, १५ करोडसम्म ऋण पाइने

काठमाडौं । एनआइसी एशिया बैंकले ‘लोन एगेन्स्ट सेयर’ कर्जा योजना ल्याएको छ। न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना बैंकले ग्राहकको सुविधका लागि ल्याएको हो।

 

ग्राहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर यस बैंकमा धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ त्यसको ७० प्रतिशतसम्म कर्जा लिन सक्छन्।

 

उक्त योजनाअन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम पाउनसक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ।

 

सबै आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र नै कर्जा दिने व्यवस्था गरिएको बैंकले बताएको छ।साथै यससम्बन्धि जानकारी लिन ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०-०१-७७७७१ मा फोन गर्न सकिन्छ।

 

कर्जा सम्बन्धि सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा सुन्न बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ।

 

यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ।

माउन्टेन इनर्जीको आइपीओ भदौ ३१ गतेदेखि खुल्ने Read Previous

माउन्टेन इनर्जीको आइपीओ भदौ ३१ गतेदेखि खुल्ने

सरकारले ओम्नी समूहलाई कालोसूचीमा राख्यो, १ वर्ष खरिद प्रक्रियामा भाग लिन नपाउने Read Next

सरकारले ओम्नी समूहलाई कालोसूचीमा राख्यो, १ वर्ष खरिद प्रक्रियामा भाग लिन नपाउने