बंगलादेशले दिएको ५ हजार थान रेमडेसिभिर स्वदेश ल्याइयो

काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

 

नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार ५ हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

 

सहायकरथी आशिषनरसिँह राणाका नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती, १५ हजारमा तालीमदेखि बीउ, मलसम्मको प्याकेज Read Previous

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती, १५ हजारमा तालीमदेखि बीउ, मलसम्मको प्याकेज

वोमी लघुवित्तको सेयर कारोबार रोक्का Read Next

वोमी लघुवित्तको सेयर कारोबार रोक्का