काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरे सँगै दोस्रो बजारमा कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।
दुवै लघुवित्तले शुक्रबार एक आपसमा मर्जरमा जाने सम्बन्धी सम्झौता गरेका छन् । ग्रामीण स्वयंसेवक लघुवित्त भने नेप्सेमा सूचीकृत छैन ।
यसअघि नागरिक लघुवित्तलाई गाभेको वोमीको चुक्ता पूँजी २७ करोड ७८ लाख छ भने ग्रामीण स्वयंसेवकको ४ करोड २० लाख छ। मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।
