निषेधाज्ञाकै बीच बैंकहरूले लगानी गरे १९ अर्ब कर्जा

काठमाडौं । निषेधाज्ञाकै बीच वाणिज्य बैंकहरूले कर्जा लगानी विस्तार गरेको छन् । भदौ महिनाको तीन सातामा वाणिज्य बैंकहरुले १९ अर्ब कर्जा लगानी गरेका छन् भने १२ अर्ब निक्षेप संकलन गरेको छन् ।

 

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले भदौ ३ गतेदेखि निषेधाज्ञा लगाए पनि यस अवधिमा उक्त कर्जा लगानी गरेका हुन् ।

 

२७ वाणिज्यहरूले भदौको पहिलो साता ८ अर्ब रुपैयाँ , दोस्रो साता ६ अर्ब र तेस्रो साता ५ अर्ब रुपैयाँ कर्जा प्रभाह गरेका छन् । निषेधाज्ञाका कारण उद्योग, कलकारखाना लगायत आर्थिक गतिविधि ठप्प भए पनि बैंकहरुले कर्जा विस्तार गर्न सफल भएका हुन् ।

 

साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो ।

 

भदौ १९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३४ खर्ब ९१ अर्ब रहेको छ । भदौको १९ गतेसम्म १२ अर्ब रुपैयाँले बढाएर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति Read Previous

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति

काठमाडौंका मालपोतले आइतबारदेखि मात्रै सेवा दिने, एउटा कार्यालय हप्तामा १ दिन खुल्ने Read Next

काठमाडौंका मालपोतले आइतबारदेखि मात्रै सेवा दिने, एउटा कार्यालय हप्तामा १ दिन खुल्ने