काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जनरलले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्रीका लागि बुधबार बोर्डबाट अनुमति पाएको हो कम्पनीले आइपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दिएको थियो।
७० प्रतिशत सस्थापक सेयर रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि १ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले यस अघि नै आइपीओ निष्काशनका लागि एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।