पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचीसहित)

काठमाडौं । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि खुकुलो पारिएको छ।

 

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले शर्तसहित निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

 

निषेधाज्ञा खुकुलो भएसँगै आज विहानैदेखि चहलपहल सुरु भएको छ । सडकमा सवारीको चाप बढेको छ भने पसलहरु पनि खुल्न थालेका छन् ।

 

व्यापार/व्यवसाय सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ । जसमा बार अनुसार कुन–कुन पसल खोल्ने भन्ने तोकिएको छ । व्यापार व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्डका नियमहरु अनिवार्य पालना गर्नु पर्ने छ ।

 

सधैं खोल्न पाइने :  दैनिक उपभोग्य वस्तु बिक्री बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ । फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र दिउँसो ४ देखि बेलुका ८ बजेसम्म खोल्न सकिनेछ ।

 

त्यस्तै, होटल/रेस्टुराँमा टेक-अवे र अनलाइन डेलिभरी सेवा मध्याह्न १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरू बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ ।

 

यस्तै, सवारी मर्मतसम्बन्धी वर्कसप बिहान ८ देखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा मजदूरलाई कार्यस्थल परिसरमै खानेबस्ने व्यवस्था मिलाउनुपर्ने छ ।

 

सोमबार, बुधबार र शनिबार खुल्ने  : यी बारमा सपिङ मल, कपडा पसल, फेन्सि स्टोर, जुत्ता, कस्मेटिक पसल लगायतका पसलहरु खोल्न पाइने भएको छ ।

 

आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइने  : भाँडा तथा भान्साका सामाग्री कारोबार गर्ने पसलहरु ।

 

सोमबार र बुधबार खोल्न पाइने  : फर्निचर तथा अटोमोबाइल्स पसलहरु ।

 

के खोल्न पाइन्छ ? के खोल्न पाइँदैन ?

 

 

 

विद्युतीय तार भूमिगतको काम ठप्प, अहिलेसम्म कति बिछ्याइयो तार Read Previous

विद्युतीय तार भूमिगतको काम ठप्प, अहिलेसम्म कति बिछ्याइयो तार

पाइपलाइनले निगमको १ वर्षमा ८३ करोड जोगायो Read Next

पाइपलाइनले निगमको १ वर्षमा ८३ करोड जोगायो