पाइपलाइनले निगमको १ वर्षमा ८३ करोड जोगायो

काठमाडौं । नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।

 

विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ ।

 

पाइपलाइन सञ्चालनको १ वर्ष पूरा भएका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ ।

 

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर १ र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।

 

चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ ।

पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचीसहित) Read Previous

पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचीसहित)

दुर्गममा उडाउने जहाज किन्न निगमलाई पर्यटनमन्त्रीको निर्देशन Read Next

दुर्गममा उडाउने जहाज किन्न निगमलाई पर्यटनमन्त्रीको निर्देशन