अब अनलाइनबाटै केवाइसी अपडेट गर्न बैंकले छुट्टै पोर्टल बनाउनु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ ।

 

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी विवरण विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने र सोही माध्यमबाट ग्राहकको पहिचान तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।

 

त्यसका लागि छुट्टै ई–केवाइसी पोर्टल बनाउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान फाराम भर्नुको साथै विद्युतीय माध्यमबाट खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ ।

 

बैंकका अनुसार विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा सम्पुष्टि गरिने विधि तय गर्नुपर्ने छ ।

 

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ ।

भूमि बैंक नारामा राम्रो, व्यवहारमा किसानकोभन्दा उद्योगपति र जमिनदारको हितमा Read Previous

भूमि बैंक नारामा राम्रो, व्यवहारमा किसानकोभन्दा उद्योगपति र जमिनदारको हितमा

कोरोना विरुद्धको खोप निर्माणमा धक्का, अक्सफोर्डको खोप परीक्षण स्थगित Read Next

कोरोना विरुद्धको खोप निर्माणमा धक्का, अक्सफोर्डको खोप परीक्षण स्थगित