कोरोना विरुद्धको खोप निर्माणमा धक्का, अक्सफोर्डको खोप परीक्षण स्थगित

काठमाडौं । कोरोना भाइरस विरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ। विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भइरहे पनि आशलाग्दो अवस्थामा रहेको अक्सफोर्ड विश्वविद्यालयले परीक्षण रोकेपछि धक्का पुगेको हो ।

 

हाल परीक्षणमा रहेका मध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको थियो । खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको जनाइएको छ ।

 

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप नै सबैभन्दा पहिले बजारमा आउने अपेक्षा छ। अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ।

 

तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने जनाइएको छ । अक्सफोर्डले कोरोना खोपको परीक्षण स्थगन गरेको यो दोस्रोपटक हो। ठूलो मात्राको परीक्षणमा यस्तो हुनुलाई सामान्य मानिन्छ। बीबीसी

अब अनलाइनबाटै केवाइसी अपडेट गर्न बैंकले छुट्टै पोर्टल बनाउनु पर्ने Read Previous

अब अनलाइनबाटै केवाइसी अपडेट गर्न बैंकले छुट्टै पोर्टल बनाउनु पर्ने

बजारमा भारतीय केरा निर्बाध आयात, नेपाली उत्पादन बोटमै कुहिँदै Read Next

बजारमा भारतीय केरा निर्बाध आयात, नेपाली उत्पादन बोटमै कुहिँदै