अब बैंक तथा वित्तीय संस्थाले पनि म्युचुअल फण्ड सञ्चालन गर्न पाउने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले म्युचुअल फण्ड (सामूहिक लगानी कोष ) सञ्चालन गर्न पाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७७ जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि म्युचुअल फण्ड सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि मर्चेन्ट बैंकरहरुले मात्र म्युचुअल फण्ड सञ्चालन गर्न पाउने व्यवस्था थियो ।

 

राष्ट्र बैंकका अनुसार सामूहिक लगानी कोष सञ्चालन गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१) को खण्ड (य) अनुसार तोकेको शर्त पालना गरेर इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत म्युचुअल फण्ड सञ्चालन गर्न सक्ने छन् ।

 

त्यसका लागि उनीहरुले सहायक कम्पनी स्थापना गर्नुपर्नेछ । सोही कम्पनी मार्फत म्युचुअल फण्ड सञ्चालन गर्न पाउने छन् ।

 

त्यसमा योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्नेछ, त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने छ ।

 

त्यसका लागि वित्तीय कारोबार सञ्चालन भएको ५ वर्ष पूरा भएको हुनु पर्ने छ । पछिल्लो ३ वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने व्यवस्था गरेको गरिएको छ ।

अब बैंकले गाडी र घरकर्जाको ब्याज बीचमा परिवर्तन गर्न नपाउने, कर्जा अवधिभर स्थिर हुने Read Previous

अब बैंकले गाडी र घरकर्जाको ब्याज बीचमा परिवर्तन गर्न नपाउने, कर्जा अवधिभर स्थिर हुने

भूमि बैंक नारामा राम्रो, व्यवहारमा किसानकोभन्दा उद्योगपति र जमिनदारको हितमा Read Next

भूमि बैंक नारामा राम्रो, व्यवहारमा किसानकोभन्दा उद्योगपति र जमिनदारको हितमा