काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २५ गतेसम्म राजश्व संकलन गर्ने सबै शाखा तथा काउन्टर खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै भदौ २३,२४ र २५ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको हो ।
सरकारले राजश्व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ती दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।
सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।
सरकारले पछिल्लो समय राजधानीमा भदौ २४ सम्म निषेधाज्ञा आदेश जारी गरेको छ भने देशका मुख्य सहरहरु पनि निषोधाज्ञा जारी भएको छ। निषोधाज्ञाले गर्दा बैंकका सिमित शाखामात्र खोलेर सेवा दिँदै हाएका छन् ।
पछिल्लो ३ सातादेखि देशका अधिकांश स्थानमा निषेधाज्ञाका कारण उद्योगधन्दा, कलकारखाना लगायात सम्पूर्ण आर्थिक गतिविधि बन्द रहेका छन् । लामो समयदेखि उद्योग, व्यवसाय बन्द रहे पनि सरकारलाई भने कर उठाउन हतारो देखिएको छ ।
