थप ९७९ जनामा कोरोना पुष्टि, १७३६ डिस्चार्ज, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ३२६ सहित देशका विभिन्न जिल्लाका ९७९ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १७३६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

रिलायन्स लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार Read Previous

रिलायन्स लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार

सरकारलाई कर उठाउने चटारो, ३ दिन बैंकका सबै शाखा खोल्न निर्देशन Read Next

सरकारलाई कर उठाउने चटारो, ३ दिन बैंकका सबै शाखा खोल्न निर्देशन