काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक साधरणसेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले सोमबार ६३ लाख कित्ता साधारण सेयर र १ करोड ४७ लाख संस्थापक सेयर गरी कुल २ करोड १० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
यससँगै अब मंगलबारदेखि रिलायन्सको सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुने भएको छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले RLI संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेले रिलायन्सको पहिलो कारोबारक लागि न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ । यही सीमा भित्र रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले भदौ ४ देखि ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ छ। १ अर्ब ४७ करोड रूपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब १० करोड पुगेको छ ।
