काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।पाटन नगरपालिका वडा नं. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले आइतबार उद्घाटन गरे।
उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पूर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा छ । यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधा पाउने बैंक्ले जनाएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।