‘एनएमबी-५०’ म्युचुअल फण्डको इकाई बिक्री खुल्ला

काठमाडौं। एनएमबी क्यापिटलको तेस्रो सामूहिक लगानी कोष ‘एनएमबी ५०’ म्युचुअल फण्डको आजदेखि बिक्री खुल्ला भएको छ ।

 

क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाइ बिक्री गर्न लागेको हो । जसमध्ये १ करोड ८० लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी १० करोड बीस लाख इकाई सर्वसाधरण लगानीकर्ताको लागि छुट्याएको छ ।

 

क्यापिटलका अनुसार यस म्युचुअल फण्डको इकाई साउन १६ गतेसम्म खरीद गर्न सकिनेछ । यदि सो अवधिमा बिक्री नभए आगामी भदौ १० गतेसम्म बिक्री गरिने जनाइएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ । यो योजना ७ वर्षको रहेको छ ।

 

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा तिनको शाखा कार्यालय र मेरो शेयरबाट इकाईमा आवेदन दिन सक्नेछन्।

 

यस म्युचुअल फण्डले दोस्रो बजारमा सबैभन्दा राम्रो प्रतिफल दिन सक्ने ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने क्यापिटलले जनाएको छ ।

 

दोस्रो बजार लगातार घट्दा अधिकांश म्युचुअल फण्ड नोक्सानमा रहेको समयमा क्यापिटलले हरेक वर्ष प्रतिफल दिन सक्ने सुचिश्चितताका साथ यो फण्ड ल्याएको क्यापिटलले जनाएको छ ।

 

एनएमबी–५० ले निष्काशनको दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतका दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरेको छ ।

 

एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा Read Previous

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा

हाट बजारको नयाँ स्वरुप डिपार्टमेन्ट स्टोर : खोजे जति सबै सामान एकै ठाउँमा Read Next

हाट बजारको नयाँ स्वरुप डिपार्टमेन्ट स्टोर : खोजे जति सबै सामान एकै ठाउँमा