फर्स्ट माइक्रोफाइनान्सद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ९७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत ५ अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फर्स्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए ।

 

संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ ।

 

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट बोनस सेयर ९.५० प्रतिशत र नगद लाभांश ४.१८ गरी लाभांश १३.६८ प्रतिशत प्रस्ताव गरेको छ ।

 

यसको अधिकृत, जारी तथा चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार ७४६ छ भने प्रवद्र्धक सेयरधनीमा ग्लोबल आइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सलगायत छन् ।

 

संस्थाले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी न्यून आय भएकाको जीवनस्तर उकास्न सहयोग पुर्याउने गरी काम गर्दै आएको छ । घ वर्गका लघुवित्त वित्तीय संस्था, बचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारीलाई यसले थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू आवमा दोब्बर आयात गर्नुपर्ने, कति महिनालाई पुग्ने स्टक छ ? Read Previous

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू आवमा दोब्बर आयात गर्नुपर्ने, कति महिनालाई पुग्ने स्टक छ ?

कोरोनाका कारण विश्व अर्थतन्त्र डामाडोल, यस्तो छ ७ ठूला  देशको अवस्था Read Next

कोरोनाका कारण विश्व अर्थतन्त्र डामाडोल, यस्तो छ ७ ठूला देशको अवस्था