अब सरकारले तोके बाहेक ल्याबको रिपोर्टले कोरोना बीमा दाबी भुक्तानी नपाउने

काठमाडौं । अब सरकारले तोकेका बाहेकका प्रयोगशाला मा कोरोना पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि कोरोना बीमा दाबी भुक्तानी नपाइने भएका छन् ।

 

बीमा समितिले नयाँ मापदण्ड बनाउँदै स्वास्थ्य मन्त्रालयले तोकेका बाहेक निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिनबीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

 

पछिल्लो समय निजी प्रयोगशालाबाट नक्कली रिपोर्ट ल्याएर दाबी भुक्तानी गर्ने क्रम बढेको आशंका गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

 

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको हो ।

 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय निजी प्रयोगशालामा कोरोना जाँचको झूठो रिपोर्ट ल्याएर बीमा दाबी भुक्तानी गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बताए ।

 

‘केही व्यक्तिले निजी ल्याबको रिपोर्ट ल्याएर बीमा रकम झुक्तानीका लागि दाबी गर्ने गरेको पाइयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अब सरकारले तोकेका बाहेक ल्याबमा टेस्ट गरिएको रिपोर्टलाई मान्यता नदिन भनिएको हो । ’

 

बीमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बीमा कम्पनीबाट दाबी भुक्तानी पाउने समितिले जनाएको छ ।

राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा Read Previous

राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

नेपाल पुनर्बीमा बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी, यी हुन धेरै पूँजीकरण हुने १० कम्पनी Read Next

नेपाल पुनर्बीमा बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी, यी हुन धेरै पूँजीकरण हुने १० कम्पनी