राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले सम्भवतः आज साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा दोस्रो पटक अर्थमन्त्री भएका खतिवडाको पदावधि शनिबार सकिँदैछ । उनले पदावधि सकिनु १ दिन अगावै राजीनामा दिने घोषणा गरेको हुन् ।

 

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्यमामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको मन्त्री पद गुम्ने पक्का भएको थियो ।

 

२०७४ फागुनमा राष्ट्रिय सभा सदस्य मनोाित हुँदै अर्थमन्त्रीको पदभार सम्हालेका खतिवडाको पहिलो कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसपछि संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था अनुसार प्रधानमन्त्रीले उनलाई दोस्रो पटक अर्थमन्त्री नियुक्त गरेका थिए ।

अर्थमन्त्रीको ‘हट सिट’ : खतिवडाको विकल्पमा आउनेले झेल्नुपर्ने चुनौती Read Previous

अर्थमन्त्रीको ‘हट सिट’ : खतिवडाको विकल्पमा आउनेले झेल्नुपर्ने चुनौती

अब सरकारले तोके बाहेक ल्याबको रिपोर्टले कोरोना बीमा दाबी भुक्तानी नपाउने Read Next

अब सरकारले तोके बाहेक ल्याबको रिपोर्टले कोरोना बीमा दाबी भुक्तानी नपाउने