नेपाल पुनर्बीमा बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी, यी हुन धेरै पूँजीकरण हुने १० कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी नेपाली सेयर बजारको दोस्रो ठूलो कम्पनी बनेको छ । पछिल्लो समय लगातार सेयर मूल्य बढेसँगै नबिल बैंकलाई उछिन्दै पुनर्बीमा कम्पनी दोस्रो धेरै पूँजीकरण हुने कम्पनी भएको हो ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ८८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो नबिल बैंकको भन्दा २ अर्ब १७ करोड रुपैयाँ बढी हो । तेस्रो स्थानमा रहेको नबिलको बजार पूँजीकरण ८६ अर्ब ७३ करोड रुपैयाँ छ ।

 

दुई महिनाअघि बाट दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य यस अवधिमा करिब ३०० प्रतिशतले बढेको छ । ३३२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ८८९ रुपैयाँ पुगेको छ ।

 

नेपाली सेयर बजारमा सबैभन्दा धेरै बजार पूँजीकरण हुने कम्पनी नेपाल टेलिकमको हो । टेलिकमको १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।बजार पूँजीकरणककै आधारमा नेपाल लाइफ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । नेपाल लाइफको बजार पूँजीकरण बढेर ७५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी एभरेष्ट बैंकको ६३ अर्ब ३५ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ६१ अर्ब १२ करोड, एनएमबी बैंकको ६० अर्ब २६ करोड, एनएआइसी एसिया बैंकको ५७ अर्ब ८२ करोड, स्ट्यान्डर्ड चाटर्ड बैंकको ५३ अर्ब ६७ करोड र हिमालयन बैंकको ५२ अर्ब ९५ करोड रुपैयाँ गरी क्रमशः शीर्ष दशमा रहेका छन् ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण २० खर्ब रुपैयाँ पुगेको छ ।

अब सरकारले तोके बाहेक ल्याबको रिपोर्टले कोरोना बीमा दाबी भुक्तानी नपाउने Read Previous

अब सरकारले तोके बाहेक ल्याबको रिपोर्टले कोरोना बीमा दाबी भुक्तानी नपाउने

काठमाडौंमा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि, १३५४ डिस्चार्ज, १४ जनाको मृत्यु Read Next

काठमाडौंमा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि, १३५४ डिस्चार्ज, १४ जनाको मृत्यु