काठमाडौंमा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि, १३५४ डिस्चार्ज, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

 

एकैदिन यति धेरै जनामा कोरोना देखिएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ४५४ सहित देशका विभिन्न जिल्लाका १३५९ जनामा कोरोना पुष्टि भएको हो ।

 

शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप १३५४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

नेपाल पुनर्बीमा बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी, यी हुन धेरै पूँजीकरण हुने १० कम्पनी Read Previous

नेपाल पुनर्बीमा बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी, यी हुन धेरै पूँजीकरण हुने १० कम्पनी

अर्थमन्त्री खतिवडाले दिए राजीनामा Read Next

अर्थमन्त्री खतिवडाले दिए राजीनामा