अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थ  तथा सञ्चार मन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।  उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा दोस्रो पटक अर्थमन्त्री भएका खतिवडाको पदावधि शनिबार सकिँदैछ । उनले पदावधि सकिनु १ दिन अगावै राजीनामा दिने घोषणा गरेको हुन् । उनले दुई पटक गरेर ३० महिना अर्थ मन्त्रीको रुपमा कार्याभार सम्हाले ।

 

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्यमामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको मन्त्री पद गुम्ने पक्का भएको थियो ।

 

२०७४ फागुनमा राष्ट्रिय सभा सदस्य मनोाित हुँदै अर्थमन्त्रीको पदभार सम्हालेका खतिवडाको पहिलो कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसपछि संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था अनुसार प्रधानमन्त्रीले उनलाई दोस्रो पटक अर्थमन्त्री नियुक्त गरेका थिए ।

काठमाडौंमा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि, १३५४ डिस्चार्ज, १४ जनाको मृत्यु Read Previous

काठमाडौंमा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि, १३५४ डिस्चार्ज, १४ जनाको मृत्यु

विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान सहयोग Read Next

विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान सहयोग