नागरिक लगानी कोषले साढे ४ अर्ब मुद्दतिमा राख्ने

काठमाडौं । नागरिक लगानी कोषले करिब साढे ४ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ ।

 

कोषले एक सूचना जारी गर्दै १ वर्षदेखि २ वर्षसम्म अवधिका लागि ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा राख्ने जनाएको छ ।

 

कोषले निक्षेप लिन इच्छुक वाणिज्य बैंकहरुलाई आफूले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न सूचनामार्फत आह्वान गरेको छ ।

 

मुद्दती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले साउन २१ गते दिउँसो २ बजेभित्र सिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ  । कोषले २०७७ असोज १० गतेसम्म भुक्तानी म्याद सकिने मुद्दती निक्षेप समावेश गरिएको समेत जनाएको छ ।

उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने Read Previous

उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने

एक महिनामा ६४ करोडको पीसीआर किट आयात Read Next

एक महिनामा ६४ करोडको पीसीआर किट आयात