उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं । उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

 

यसअघि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने नियमलाई खुकुलो बनाउँदै उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

 

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय गर्दै आएको छ ।

 

यस्तै, पानी र व्यवास्थ्य सम्बन्धी व्यवसाय भने दिनभरि सञ्चालन गर्न पाइने छ । निर्माण समाग्री बोकेका सवारी साधनहरु स्वास्थ्य मापदण्ड पूरा गरेर दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, ३ मेगावाट बिजुली थप Read Previous

माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, ३ मेगावाट बिजुली थप

नागरिक लगानी कोषले साढे ४ अर्ब मुद्दतिमा राख्ने Read Next

नागरिक लगानी कोषले साढे ४ अर्ब मुद्दतिमा राख्ने