नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन ठाउँमा कहिले उड्छ ?

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले भदौ १७ देखि एक महिनाका लागि गर्ने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

 

निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो। निगमले ६ महीनापछि पहिलो नियमित उडान जापानको नारिताबाट गर्ने भएको छ।

 

तालिका अननुसार जापानको नारितामा ३, दुबईमा ८, क्वालालम्बपुरमा ४ र हङकङमा २ नियमित उडान गर्नेछ ।

 

निगमले सबैभन्दा बढी दुवईमा ८ उडान गर्नेछ भने हङकङमा दुई उडान गर्नेछ। त्यस्तै नियमित उडानको अनुमति नभएका साउदीको जेद्दामा ३, दमाममा १ र रियादमा १, कुवेतमा १, कतारको दोहामा ५ उडान गर्ने छ।

 

त्यसैगरी नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गर्दै छ। जसमा दोहामा सबैभन्दा बढी उडान गर्ने भएको हो।

 

दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ मा उडान गर्ने छ भने जेद्दामा ५, ११ र २७ मा उडान गर्ने जनाएको छ। त्यसैगरी दमाममा ७ तारिख, कुवेतमा १४ र रियादमा १९ सेप्टेम्बरमा उडान गर्ने तालिका सार्वजनिक गरेको छ।

 

कुन ठाउँमा कहिले उड्छ ?

 

कुखुराको मासुको भाउ गुन्द्रुककोभन्दा सस्तो, कृषक लागतभन्दा आधा सस्तोमा बेच्न बाध्य Read Previous

कुखुराको मासुको भाउ गुन्द्रुककोभन्दा सस्तो, कृषक लागतभन्दा आधा सस्तोमा बेच्न बाध्य

पिलुवा खोला जलविद्युतमा सिटिजन्स बैंकको नेतृत्वमा ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने Read Next

पिलुवा खोला जलविद्युतमा सिटिजन्स बैंकको नेतृत्वमा ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने