सुनको मूल्य फेरि उकालो, कति पुग्यो तोलाको

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । गतसाता ओरालो लागेको सुनको भाउ यससाता लगातार उकालो लागेको हो ।

 

आइतबार वृद्धि भएको सुनको मूल्यले आज पनि तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको ।

 

आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँ रहेको थियो ।यस्तै, आज तेजाबी सुन पनि प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार रुपैयाँ पुगेको छ ।

 

यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

 

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ निरन्तर बढीरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।

ढुक्कले टिकटक चलाउन क्लासिक टेकको अनुरोध Read Previous

ढुक्कले टिकटक चलाउन क्लासिक टेकको अनुरोध

बजार मूल्य २९३० रुपैयाँ रहेको नागरिक लगानी कोषको सेयर २३०० मै किन्ने आज अन्तिम दिन Read Next

बजार मूल्य २९३० रुपैयाँ रहेको नागरिक लगानी कोषको सेयर २३०० मै किन्ने आज अन्तिम दिन