ढुक्कले टिकटक चलाउन क्लासिक टेकको अनुरोध

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ढुक्कले रुइन्टरनेटसेवा प्रयोग गर्न अनुरोध गरेको छ ।

 

नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै इन्टरनेटको स्पीड कम हुने गुनासो बढीरहेको छ । अन्य इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई टिकटक कम चलाउन आग्रह गरे पनि क्लासिकले भने ढुक्कले चलाउन आग्रह गरेको हो ।

 

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा सेयर गर्न सकिन्छ ।

 

उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिक टेकले ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको छ ।सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहकहरुे सहजरुपमा नै टिकटक सेवा चलाइरहेका छन् । जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन् ।

 

यसको लागि कम्पनीले आकामाइको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्डविथ व्यवस्थापन गरिरहेको छ भने अन्तिम प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा दिइरहेको छ । कम्पनीसँग अहिले भइरहेको ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको छ ।

 

यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आइपुग्नेछन् ।‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन् र अहिलेपनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिक टेकले भनेको छ ।

 

कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ ।

रानीपोखरी पुनःनिर्माण ९० प्रतिशत सम्पन्न, पोखरीमा पानी भर्न मेलम्ची नै कुर्नुपर्ने Read Previous

रानीपोखरी पुनःनिर्माण ९० प्रतिशत सम्पन्न, पोखरीमा पानी भर्न मेलम्ची नै कुर्नुपर्ने

सुनको मूल्य फेरि उकालो, कति पुग्यो तोलाको Read Next

सुनको मूल्य फेरि उकालो, कति पुग्यो तोलाको