काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले कोरोना भाइरसको जोखिम काठमाडौं उपत्यका लगायत देशको मुख्य शहरहरुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई मध्येनजर गर्दै आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षण दिएको छ ।
इन्स्योेरेन्सले निर्जीवन बीमाको विविध क्षेत्रलाई समेटेर यही भदौ १० गते देखि १२ गतेसम्म ३ दिनसम्म अभिकर्ताहरुलाई प्रशिक्षण दिएको हो । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका विभागीय प्रमुखदेखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
यस प्रशिक्षण पश्चात् अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको स्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।