रिलायन्सदेखि अमेजनसम्मलाई टक्कर दिने गरी टाटा ग्रुप डिजिटल व्यवसायमा प्रवेश गर्दै

गर–गहना देखि नुनसम्मको व्यापार गर्ने १११ अर्ब डलरको व्यवसायिक साम्राज्य भएको भारतको टाटा ग्रुप पनि डिजिटल व्यवसायमा प्रवेश गर्ने भएको छ ।

 

कम्पनी अहिले ‘अल इन वान’ इ–कर्मश एपको निर्माणमा जुटेको छ । सो एप मार्फत कम्पनीले कम्पनीले आफ्ना उपभोक्ता लक्षित उत्पादन र सेवाहरु बिक्री गर्नेछ । उक्त एप सन् २०२० को अन्त्यसम्म वा सन् २०२१ को शुरुवाती समयमा सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको जनाइएको छ ।

 

भारतको आर्थिक राजधानीको रुपमा चिनिने मुम्बई स्थित यो कम्पनी अनलाइनमा आफ्नो जबर्जस्त उपस्थितिका लागि अगाडि बढिरहेको छ । सिस्को सिस्टम्स इन्कले गरेको एक अध्ययनका अनुसार सन् २०२३ सम्म भारतीय बजारमा इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै १ अर्ब पुग्नेछ र प्रायः सबैसँग स्मार्टफोन हुनेछ । र, अध्ययनका अनुसार स्मार्टफोनको प्रयोग इन्टरनेटमा रहेका सामग्री हेर्न, किनमेल गर्न र पैसा तिरोतारो गर्नका लागि प्रयोग हुने छ ।

 

टाटा आफ्ना प्रतिस्पर्धीहरु अमेजोन, वालमार्टको फिल्पकार्ट र अर्का भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डसट्रिजसँगको प्रतिस्पर्धामा खरो उत्रन खाजेको देखिएको छ । रिलायन्सले हालै फेसबुक र गुगल समेतको लगानी गरेर करिब २० अर्ब डलरभन्दा बढी लगानी उठाइसकेको छ । यसैगरी विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा विश्वका सबैभन्दा धनी व्यक्ति एवं अमेजोनका मालिक जेफ बेजोसले पनि ६.५ अर्ब डलरको लगानी घोषणा गरिसकेका छन् ।

 

टाटाको डिजीटल प्रमुख प्रतिक पालले यो एप निर्माणको नेतृत्व गरिरहेका छन् । उनको टाटा कन्सल्टेन्सीमा रिटेल हेडको रुपमा ३ दशक लामो अनुभव छ । उनले त्यस भुमिका मार्फत वालमार्ट, टेस्को, अल्डीजस्ता विश्वका ठूला रिटेल खेलाडीहरुको डिजीटल रुपान्तरणमा सघाएका छन् ।

 

यो ‘अल इन वान’ एपले गाडी, एयर कन्डिशनर, स्मार्ट घडिदेखि लिएर चियासम्म उत्पादन गर्ने टाटा ग्रुपको पहुँच र दायरा अझ सघन र गहिरो बनाउने लक्ष्य लिएको बताइएको छ । टाटा ग्रुपले विलासी होटल, एयसलाइन्स, बिमा, डिपार्टमेन्ट स्टोर र सुपरमार्केट चेनको पनि सञ्चालन गरिरहेको छ । साथै बिलासी ब्राण्डहरु टेट्ली, ज्यागुअर, ल्याण्ड रोभर र भारतको स्टार बक्स पनि यो ग्रुपकै स्वामित्वमा रहेको छ ।

 

होल्डीङ कम्पनी टाटा सन्स प्रालीका अध्यक्ष नटराजन चन्द्रशेखरन अहिले डिजीटाइजेशन ‘क्याम्पेन’को नेतृत्व गरिरहेका छन् ।

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति Read Previous

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति

नेपाल-भारत जोड्ने मेची नदीमा ६ लेनको पक्की पुल निर्माण सम्पन्न Read Next

नेपाल-भारत जोड्ने मेची नदीमा ६ लेनको पक्की पुल निर्माण सम्पन्न