फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त संचालक समितिको बुधबार बसेको बैठकले ९.५०  प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.१८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बराबर ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँको बोनस सेयर र ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

 

हाल ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ चुक्त पूँजी रहेको लघुवित्तको प्रस्तावित बोनस वितरणपछि चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार पुग्नेछ ।

किसानलाई अलैँची  टिप्ने चटारो, उत्पादन दोब्बर बढे पनि भाउ घट्दा  निराश Read Previous

किसानलाई अलैँची टिप्ने चटारो, उत्पादन दोब्बर बढे पनि भाउ घट्दा निराश

रिलायन्सदेखि अमेजनसम्मलाई टक्कर दिने गरी टाटा ग्रुप डिजिटल व्यवसायमा प्रवेश गर्दै Read Next

रिलायन्सदेखि अमेजनसम्मलाई टक्कर दिने गरी टाटा ग्रुप डिजिटल व्यवसायमा प्रवेश गर्दै