क्लासिक टेकको इन्टरनेट रिचार्जमा बोनस अफर, १ वर्षको रिचार्ज गर्दा २ महिना बोनस आउने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि ले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुनः भुक्तानी गरेको खण्डमा छुट दिनेगरी रिचार्जमा बोनस योजना ल्याएको हो ।

 

कम्पनीले कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ भने आफ्ना सेवाग्राहीहरुलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा १ महिना थप इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउने छ भने सेवाग्राहीले १ वर्षको ग्राहक शुल्क रिचार्ज गरेको खण्डमा २ महिनाको थप सेवा बोनसमा प्राप्त गर्नेछन् ।

 

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तर्गत २० एमबीपीएसका लागि १२ हजार रुपैयाँ, २५ एमबीपीएसका लागि १३ हजार २०० रुपैयाँ, ३० एमबीपीएसका लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबीपीएसका लागि १४ हजार १४८ रुपैयाँ सेवा शुल्क तोकेको छ ।

 

त्यस्तै, ४० एमबीपीएसका लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबीपीएसका लागि १५ हजार रुपैयाँ, ६० एमबीपीएसका लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबीपीएसका लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएको खण्डमा २ महिनाको छुट ग्राहकहरुले प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित क्लासिक प्रभु टिभीसमेत २ महिना अफरमा प्राप्त गर्न सकिनेछ । ग्राहकलाई आफ्ना कुनैपनि योजनाहरुमा एबीपीएस प्याकेज थप गर्ने वा घटाउन सकिने सुविधा कम्पनीले दिएको छ ।

 

क्लासिक टेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी प्राप्त गर्नसक्नेछन भने सेवाको बारेमा गुनासो टिपाउन तथा अनलाइनबाट नै शुल्क तिर्न सकिने सुबिधा उपलब्ध रहेको छ ।

 

अनलाइन भुक्तानीका लागि क्लासिक टेकले प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने सुबिधा कम्पनीले दिएको छ ।

 

ग्राहकले मोबाइल एपमार्फत नै आफ्नो विस्तृत विवरणहरु राखेर सेवा सकिने अवधि तोक्न सक्नेछन भने सोही एपमार्फत सेवाको लागि विभिन्न सहयोग तथा मर्मत सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बैंकिङ सीएसआरको पुरानो बाटाे छाडेर नयाँ 'ट्रयाक' खन्दै कामना सेवा Read Previous

बैंकिङ सीएसआरको पुरानो बाटाे छाडेर नयाँ 'ट्रयाक' खन्दै कामना सेवा

काठमाडौंमा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, ३१३ डिस्चार्ज, ७ जनाको मृत्यु Read Next

काठमाडौंमा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, ३१३ डिस्चार्ज, ७ जनाको मृत्यु