काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा २३२ सहित देशका विभिन्न जिल्लाका ८५५ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १९ हजार ११९ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।