भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म थप गर्न सिफारिस गरिएको छ ।

 

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा थप १ साताका लागि थप्न सिफारिस गरेको हो ।

 

बैठकमा उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ), जनप्रतिनिधी लगायत सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । डीसीसीएमसीले गरेको सिफारिस गृह मन्त्रलायबाट आवश्यक राय लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले लागू गर्ने/नगर्ने निर्णय गर्ने बताइएको छ ।

 

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौंमा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, ३१३ डिस्चार्ज, ७ जनाको मृत्यु Read Previous

काठमाडौंमा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, ३१३ डिस्चार्ज, ७ जनाको मृत्यु

भूमि बैंक स्थापनाका लागि सरकारले काम अघि बढायो Read Next

भूमि बैंक स्थापनाका लागि सरकारले काम अघि बढायो