यती एयरलाइन्सले भित्र्यायो पाँचौ‌ं ‘एटिआर ७२–५००’ जहाज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले पाँचौं ‘एटिआर ७२–५००’ जहाज भित्र्याएको छ।

 

कल साइन ‘एन–एएनजी’भएको जहाज शनिबार दिउँसो १ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।

 

कम्पनीले यस अघि नै ७२ सिट क्षमता भएको चार वटा ‘एटिआर ७२–५००’ जहाज भित्र्याएको थियो । योसहित कम्पनीसँग अब १० थान जहाज भएका छन् ।

 

कम्पनीका अनुसार पाइलट आरके सिद्धि र आर बी खड्काले बैंककबाट जहाज उडाएर काठमाडौं ल्याएका हुन् ।

 

 

यती एयरलाइन्सले मुख्य गरी पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै आएको छ । पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले अब पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ।

 

एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि माउण्टेन फ्लाइट गर्ने जनाएको छ ।

एनएमबीले ल्यायो उत्कृष्ट ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने म्युचुअल फण्ड Read Previous

एनएमबीले ल्यायो उत्कृष्ट ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने म्युचुअल फण्ड

मौद्रिक नीति पछि सेयर बजारमा पहिरो, लगातार दोहोरो अंकको गिरावट Read Next

मौद्रिक नीति पछि सेयर बजारमा पहिरो, लगातार दोहोरो अंकको गिरावट