मौद्रिक नीति पछि सेयर बजारमा पहिरो, लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै क्रमशः बढ्दै गएको सेयर बजार मौद्रिक नीति पछिका दिनमा लगातार दोहोरो अंकले ओरालो लाग्न थालेको छ ।

 

मौद्रिक नीति पछि सेयर बजारमा सकरात्मक सुधार आउने अपेक्षा गरेका लगानीकर्ता दैनिक दोहोरो अंकको गिरावट आउन थालेपछि निराश भएका छन् ।

 

साताको पहिलो दिन आज सेयर बजार मापक सूचक नेप्से १७.११ अंकले ओरालो लाग्दै १२५२.८० अंकमा आइपुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

 

 

आइतबार १६६ कम्पनीको ४९ करोड २६ लाख ७३ हजार ६२५ रुपैयाँ बराबरको १९ लाख ३७ हजार ४१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

 

कारोबार भएका ११ समूहका सूचकमध्ये १० समूहको सूचक घटेका छन् भने सामूहिक लगानी कोष समूहको मात्र सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १०६.८९ अंकले घटेको छ । सामूहिक लगानी कोष समूहको भने ०.१६ अंकले बढेको छ ।

 

 

कारोबार रकममा कृषि विकास बैंकले अग्रता लिएको छ । कृषिको ४ करोड ८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र छिमेकी लघुवित्त संस्था रहेका छन् ।

 

आज सबैभन्दा धेरै सिर्जना फाइनान्सका लगानीकर्ताले ९.७२%ले कमाएका छन भने सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगाीकर्ताले ८.२४% प्रतिशतले गुमाएका छन् ।

यती एयरलाइन्सले भित्र्यायो पाँचौ‌ं ‘एटिआर ७२–५००’ जहाज Read Previous

यती एयरलाइन्सले भित्र्यायो पाँचौ‌ं ‘एटिआर ७२–५००’ जहाज

मुक्तिनाथ विकास बैंकले २०% हकप्रद बिक्रीको लागि तोक्यो बुकक्लोज Read Next

मुक्तिनाथ विकास बैंकले २०% हकप्रद बिक्रीको लागि तोक्यो बुकक्लोज