एनआइसी एशियाले ल्यायो ‘सुपर सिक्स’ योजना, मोबाइल बैंकिङबाट कारोबार गर्दा ५०० फिर्ता पाइने

काठमाडौं । एनआइसी एशिया बैंकले कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

 

यस ‘सुपर सिक्स योजना’ अनुसार ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता पाउनेछन् ।

 

यो योजना भदौ ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम १०० रुपैयाँसम्मको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

डिजिटल बैंकिङ्ग क्षेत्रमा नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आएको बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टस्मार्फत उत्साहजनक विद्युतीय कारोबार गर्दै आएको बैंकले विद्युत्तीय भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो ।

 

कोरोनाबाट सृजित विषम परिस्थितिमा ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

 

यस बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउँदै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

 

गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङतर्फ उल्लेखनीय उपलब्धी हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ र १ लाख १२ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू पुर्याएको छ भने १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टस् र करिब ४ हजार पीओएस मर्चेन्टस् मार्फत आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले हाल देशभरका ३२६ शाखा कार्यालय, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त Read Previous

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त

सेयर बजार लगातार उकालो यात्रामा, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजार लगातार उकालो यात्रामा, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता